मङ्लबार, भदौ २८, २०८३
Breaking News

राप्रपा लगायत राजावादी समर्थकहरुद्वारा घोषणा गरिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता

समाचार कक्ष सोमवार, जेष्ठ १८, २०८२

काठमाडौँ | राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राप्रपा लगायत राजावादी समर्थकहरुको संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको बताएको छ।

जेठ १८ गते सडक प्रदर्शनका क्रममा राप्रपाका नेताहरु समेत ७ जनालाई प्रहरीले नियन्त्रण लिएको बिरोधमा समितिले उपत्यका बन्दको घोषणा गरेको थियो । पक्राउ गरिएका सबै रिहा भैसकेको सन्दर्भमा उपत्यका बन्दको कार्यक्रम फिर्ता गरिएको आन्दोलन समितिले जनाएको छ । राप्रपा अध्यक्षराजेन्द्र लिङ्देनले आफूहरु बन्दको पक्षमा नरहेको भन्दै यस अघिनै घोषित बन्दमा सहभागी नजनाउने बताएका थिए ।

सम्बन्धित खबर