मङ्लबार, भदौ २८, २०८३
Breaking News

सार्वजनिक यातायात व्यवसायी र सरकार बीच सहमति

समाचार कक्ष मङ्लबार, जेष्ठ १९, २०८२

काठमाडौँ | संघीय राजधानी काठमाडौँ लगायत देशभर सार्वजनिक यातायात व्यवसायीले घोषणा गरेको आन्दोलनका कारण सार्वजनिक सेवाका सवारीसाधनहरु चलेका छैनन् | सार्वजनिक यातायात नचल्दा गन्तब्य तर्फ जानलागेका आम सर्वसाधारणलाई कठिनाई भैरहेको छ | गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवासम्बन्धी नियमावली जारी गरेपछि त्यसको खारेजीको माग गर्दै यातायात व्यवसायीहरु पाँच दिनदेखि आन्दोलित छन् । उनीहरुले गत शुक्रबारदेखि गण्डकी प्रदेशभर र जेठ १९ गतेदेखि देशभर चक्काजाम गरेका हुन् ।

यातयात अझै सुचारु हुन सकेन

यसैबीच जेठ १९ गते व्यवसायी र सरकार पक्ष बीच व्यवसायीहरुले उठाएका बिभिन्न मागहरुको सम्बन्धमा दफावार छलफल गरिएको थियो | छलफल पश्चात तत्कालका लागि गण्डकी प्रदेश सरकारले जारि गरेको राइड सेयरिङ सेवासम्बन्धी नियमावली तत्कालका लागि स्थगन गर्न प्रधानमन्त्रि मार्फत प्रदेश सरकारलाई पत्राचार गर्ने सहमति भएको छ | जेठ १९ को मध्यरातमा सहमति भए पनि २० गते मध्यान्न सम्म सार्वजनिक सवारी साधन सडकमा कमै मात्रमा गुडेका देखिन्छन् | यातायात नचलेपछि बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू विशेष रूपले मर्कामा परेका छन्। अस्पताल जाने, विद्यालय जानुपर्ने, वा दैनिक काममा हिँड्ने सर्वसाधारण पैदल हिँड्न बाध्य छन्।

सम्बन्धित खबर