मङ्लबार, भदौ २८, २०८३
Breaking News

लिङ्देनको उपस्थिति नहुँदा राजवादीको बैठकमा होहल्ला, दोश्रो चरणको आन्दोलन घोषणा भएन

समाचार कक्ष बुधबार, जेष्ठ २०, २०८२

काठमाडौँ | नवराज सुवेदी नेतृत्वमा रहेको राजवादीहरुको संयुक्त जनआन्दोलन समितिको समीक्षा बैठक हो-हल्ला र मतभेदका कारण कुनै ठोस निर्णयमा नपुग्दै स्थगित भएको छ। बैठकको उद्देश्य आन्दोलनको हालसम्मको समीक्षा गर्दै दोस्रो चरणका कार्यक्रम तय गर्नु थियो। समितिले यसका लागि विभिन्न नेताहरूको सुझाव पनि मागेको थियो।

तर बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित रहेपछि विवाद उत्पन्न भयो। उनी संसदको काममा व्यस्त रहेकाले बैठकमा सहभागी हुन नसकेको जानकारी दिइएको थियो। यद्यपि, केही सहभागीहरूले यस्तो व्यस्ततालाई आन्दोलनको भावना विपरीत रहेको भन्दै आलोचना गरे।

बैठकमा राप्रपाका अर्का अध्यक्ष कमल थापाले बोल्न खोज्दा हो-हल्ला भएपछि उनले “यदि कुरा सुन्ने माहोल छैन भने म बोल्दिन” भन्दै असन्तुष्टि व्यक्त गरे।

संयोजक सुवेदीले भने आन्दोलनको दोस्रो चरणको कार्यक्रम चाँडै सार्वजनिक गरिने प्रतिबद्धता जनाउँदै बैठक अन्त्य भएको घोषणा गरे।

संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन थालेको थियो, जसलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायतका दलहरूले समर्थन जनाएका छन्।

सम्बन्धित खबर