मङ्लबार, भदौ २८, २०८३
Breaking News

विमानस्थलबाट भारतीय शिख समुदायका यात्रुहरुको उडान शंकास्पद: भिजिट भिसा प्रकरण

समाचार कक्ष आइतवार, जेष्ठ २४, २०८२

काठमाडौं | पछिल्लो चार महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत करिब २०० भारतीय शिख समुदायका व्यक्तिहरू अवैध रूपमा तेस्रो मुलुक उडेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा सहसचिव तीर्थराज भट्टराईले अध्यागमन कार्यालयको नेतृत्व लिँदा नो अब्जेक्सन लेटर (NOC) नलिइ विदेश पठाएको खुलेको हो।

ट्राभल एजेन्सीका विचौलियाबाट आएका ती नागरिकहरूलाई प्रतिव्यक्ति ४ लाख रुपैयाँ लिएर विदेश पठाइएको पाइएको छ। एनओसी नहेरी कागजमा मात्र भर परेर विमानस्थलबाट पठाउने कार्य भट्टराईको पालामा भएको पुष्टि अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन्।

भट्टराईले ग्रिनलाइन होलीडेजका एजेन्टसँग ह्वाट्सएपमार्फत नियमित सम्पर्क राख्दै विदेश जानेहरूको सूची ‘ओके’ गरेर पठाउने गरेका थिए।

यसैबीच, भारतीय दूतावासले समेत यस घटनामा चासो देखाएको छ। साथै, सुन तस्करीका आरोपीहरू समेत यही माध्यमबाट भागेको खुलेको छ। भट्टराईले अघिल्लो समय पनि त्रिपाल खरिदमा अनियमितता गरेको आरोप खेपिसकेका थिए। अख्तियारले हालै उनका मोबाइलहरू जफत गरी डिजिटल फरेन्सिक परीक्षण गरिरहेको छ।

सम्बन्धित खबर