मङ्लबार, भदौ २८, २०८३
Breaking News

गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

समाचार कक्ष मङ्लबार, असार १, २०८२

काठमाण्डौं |सरकारले सशस्त्र प्रहरी बलका डिआइजी गणेश ठाडा मगरलाई एआईजी (सहायक प्रहरी महानिरीक्षक) पदमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सम्बन्धी सिफारिसलाई स्वीकृति दिँदै उनलाई (एआईजी) पदमा नियुक्त गरेको हो।

गणेश ठाडा मगर हाल सशस्त्र प्रहरी बलको वरिष्ठ डिआइजीमध्ये दोस्रो स्थानमा रहेका थिए। उनले लामो समयदेखि संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनकै नेतृत्व क्षमताका कारण मन्त्रिपरिषद्ले उनलाई नेतृत्व तहमा पुर्‍याउने निर्णय गरेको हो।

सशस्त्र प्रहरी बलमा एआईजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको एआईजी पदमा योग्य, सक्षम र अनुभवी अधिकृतहरूलाई पदोन्नति गरिने प्रक्रिया अन्तर्गत ठाडा मगरको नाम सिफारिस गरिएको थियो। यसअघि बसेको बढुवा सिफारिस समितिको बैठकले उनलाई एआईजी पदका लागि उपयुक्त ठहर गरेको थियो।

यो बढुवासँगै सशस्त्र प्रहरी बलको कमाण्ड संरचना थप मजबुत हुने विश्वास गरिएको छ। ठाडा मगरको अनुभव, कार्यकुशलता र अनुशासनप्रियताले संगठनलाई थप ऊर्जावान बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर