मङ्लबार, भदौ २८, २०८३
Breaking News

अमेरिकाद्वारा इरानी परमाणु केन्द्रमा बम आक्रमण

समाचार कक्ष आइतवार, असार ६, २०८२

काठमाडौँ | संयुक्त राज्य अमेरिकाले इरानका प्रमुख परमाणु केन्द्रहरूमा लक्षित हवाई बम आक्रमण गरेको पुष्टि भएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको यो सैन्य कारबाहीलाई हालसम्मकै ठूलो प्रत्यक्ष हस्तक्षेपका रूपमा हेरिएको छ।

अपडेट: ट्रम्पद्वारा राष्ट्रका नाममा इरान हमलाबारे सम्बोधन

इरान र इजरायलबीच जारी सैन्य संघर्षमा अब संयुक्त राज्य अमेरिका पनि प्रत्यक्ष संलग्न भएको छ। अमेरिकी वायु सेनाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरूमा लक्षित हवाई आक्रमण गरेपछि युद्ध अझै भयावह बन्ने संकेत देखिएको छ।

शनिबार राती व्हाइट हाउस बाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको पुष्टि गरेका छन्।

“इरानको आणविक खतरा अन्त्य गर्नु हाम्रो उद्देश्य हो,” ट्रम्पले सम्बोधनमा भने। “यदि इरान वार्तामा फर्किएन भने थप ठूला र सजिला आक्रमणहरू गर्न हामी तयार छौं।”

इरानको प्रतिक्रिया र चेतावनी

इरानी अधिकारीहरूले ती स्थानहरूमा आक्रमण भएको पुष्टि गर्दै “दुश्मन शक्तिहरूले फोर्दो केन्द्रका केही भागमा आक्रमण गरेका छन्” भनी टास्निम समाचार एजेन्सीलाई जानकारी दिएका छन्।
इरानले यसअघि नै चेतावनी दिएको थियो कि यदि अमेरिका युद्धमा प्रत्यक्ष संलग्न भयो भने त्यसको गम्भीर परिणाम हुनेछ।

हालसम्म इरानले अमेरिकी सैन्य बेस र ठूला स्वार्थहरूमा प्रत्यक्ष हमला गरेको छैन तर विश्लेषकहरू भन्छन्, अब इरानले यूएस सैनिकहरू वा गठबन्धन लक्ष्यहरूमाथि आक्रमण गर्न सक्ने खतरा बलियो भएको छ।

इजरायलको प्रशंसा

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी कदमको स्वागत गर्दै भने, “विश्वकै खतरनाक शासनलाई विश्वकै खतरनाक हतियारबाट रोक्न ट्रम्पले साहसी कदम चालेका छन्।”

इजरायल र इरानबीचको युद्ध गत जुन १३ बाट सुरु भएको हो, जब इजरायली सेनाले इरानको सैन्य संरचना र परमाणु केन्द्रहरूमा अचानक हमला गरेको थियो। त्यसपछि इरानले मिसाइल आक्रमणहरू गर्दै वार्ताको संकेत पनि दिएको थियो।

तीन स्थानमा हवाई आक्रमण

शुक्रबार राति गरिएको आक्रमणमा इरानका तीन रणनीतिक महत्वका परमाणु केन्द्रहरू— फोर्दो, नतान्जइस्फहान— लक्ष्य बनाइएको थियो। अमेरिकी B-2 स्टिल्थ बमवर्षक विमानहरूले गहिरो भूमिगत संरचनाहरूमा क्षति पुर्‍याउन सक्षम “बंकर बस्टर” बम प्रयोग गरेको अमेरिकी सैन्य स्रोतहरूले बताएका छन्।

ट्रम्पको पुष्टि

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आक्रमणको पुष्टि गर्दै लेखेका छन्, “इरानको आणविक खतरा रोक्न आवश्यक कारबाही गरिएको हो। सबै अमेरिकी विमानहरू सुरक्षित रूपमा फर्किएका छन्।” उनले यो कारबाही इजरायलको सुरक्षाका निम्ति गरिएको स्पष्ट पारेका छन्।

इरानको चेतावनी

अमेरिकी आक्रमणपछि इरानी अधिकारीहरूले यसलाई “खुला आक्रमण” को संज्ञा दिँदै तत्काल र कडा प्रतिउत्तर दिने चेतावनी दिएका छन्। इरानी सञ्चारमाध्यमहरूका अनुसार हमला भएको स्थानहरूमा सुरक्षाकर्मीहरू खटाइएका छन् र क्षतिको मूल्याङ्कन भइरहेको छ।

सम्बन्धित खबर