काठमाडौँ | संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिड पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली राजदूत शनील नेपाल, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेन सरकारका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका हुन्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौँबाट कतारको दोहा हुँदै मेड्रिड पुगेको हो। प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम रहेको राससले उल्लेख गरेको छ।