मङ्लबार, भदौ २८, २०८३
Breaking News

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

समाचार कक्ष शुक्रबार, भदौ ११, २०८२

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि पाँचदिने चीन भ्रमणमा जाँदैछन्। मन्त्रिपरिषद्को स्वीकृतिपछि तय भएको यस भ्रमणलाई नेपालले रणनीतिक दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

ओलीले तियानजिनमा हुने संघाई सहयोग संगठन (SCO-Plus) शिखर सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। बेइजिङमा उनी चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेट्ने कार्यक्रम छ।

भ्रमणका क्रममा नेपालले लिपुलेक, कालापानी र लिंपियाधुरा विवाद औपचारिकरूपमा उठाउने तयारी गरेको छ। संयुक्त सैन्य अभ्यासको घोषणा र विजय दिवस समारोहमा सहभागिताले भ्रमणलाई झन् संवेदनशील बनाएको विश्लेषण गरिएको छ।

चीनसँग नजिकिँदै गरेको नेपालको कूटनीतिक गतिविधि र भारत–जापान समीकरणबीच ओलीको भेटवार्ता क्षेत्रीय सन्तुलनका लागि निर्णायक मोड सावित हुने अनुमान गरिएको छ।

प्रधानमन्त्री ओली भदौ १८ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

सम्बन्धित खबर