मङ्लबार, भदौ २८, २०८३
Breaking News

भारी वर्षाले इलाममा सर्वाधिक मानवीय क्षति

समाचार कक्ष आइतवार, अशोज १७, २०८२

काठमाडौं । शुक्रबार र शनिबार निरन्तर परेको वर्षाका कारण देशभर बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । नेपाल प्रहरीले आइतबार १:०० बजेसम्म संकलन गरेको विवरण अनुसार जनधनको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।

हालसम्मको विवरण अनुसार सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशमा देखिएको छ। इलाम जिल्लामा मात्रै ३७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, उदयपुरमा २, खोटाङमा १, र पाँचथरमा ६ जनाले जीवन गुमाएका छन्।

यसैगरी, रौतहटमा बाढीमा परेर ३ जनाको मृत्यु भएको छ। स्थानीय प्रशासन र उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तीव्र गतिमा अघि बढाइरहेका छन्।

मौसमविदहरुले निरन्तर वर्षा र पहिरो जोखिमका कारण उपत्यका बाहिर यात्रा तथा जोखिमपूर्ण क्षेत्रबाट अझै पनि टाढा रहन सर्वसाधारणलाई सचेत गराएका छन्।

सम्बन्धित खबर