काठमाडौं | गाजामा युद्ध विराम घोषणा सम्झौता अनुरुप युद्धरत हमास र इजराइल बीच आज युद्धबन्दिहरु रिहाइ र हस्तान्तरण गर्ने कार्यक्रम जारि छ । तर युद्धको पहिलो चरणमै अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे भने अझै कुनै ठोस जानकारी आएको छैन। इजरायलमा अध्ययनरत विपिन सन् २०२३ अक्टोबरमा हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए। आज हमासद्वारा रिहाइको क्रममा रहेका २० जना बन्दीहरुमा विपिन जोशी छैनन् ।
आजै इजराइल स्थित नेपाली राजदूतावास र विपिन जोशीको परिवारसँग इजराइलि सुरक्षाबलले गरेको कुराकानीका अनुसार हालसम्म हमासबाट प्राप्त सूचनाहरुका आधारमा विपिन जोशी जीवित रहेको वा नरहेको भन्ने कुनैपनि प्रमाण फेला पार्न नसकिएको राजदुत धनप्रसाद पण्डितले बीबीसी नेपाली सेवालाई बताएका छन् । यद्यपि हमासले दोश्रो चरणको बन्दि रिहाइका लागि मृतक बन्दीहरुको नामावली प्रकाशित गरेको छ, उक्त सुचिमामा समेत विपिन जोशीको नाम समावेश छैन । इजराइलि सुरक्षाबलले अझै पनि युद्धबन्दीहरु राखिएको सम्भावित स्थलहरु, बंकरहरुमा खोजि कार्य जारी रहेकोले विपिनको खोजि नरोकिएको बताइएको छ ।





