काठमाडौँ । नयाँ मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये केवल बब्लु गुप्ता र सुधा शर्मा गौतमले मात्र आज शपथ लिने भएका छन्। खगेन्द्र सुनार को नाममा विवाद उत्पन्न भएपछि सुनार सहित, गणपतिलाल श्रेष्ठको शपथ स्थगित गरिएको गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सुनारको नाममा उठेको विवादपछि थप छलफल गरेकी थिइन्। राष्ट्रपति कार्यालयले दिउँसो साढे २ बजे शपथ ग्रहण कार्यक्रम तय गरेको छ।
मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी हुँदै गर्दा मन्त्रीको सूचीमा रहेका खगेन्द्र सुनारको पृष्ठभूमि माथि सामाजिक सन्जालमा व्यापक प्रश्न उठेपछि छलफलका लागि भन्दै प्रधानमन्त्री कार्यालयले तत्कालका लागि सूचीबाट नाम हटाउने सम्भावना रहेको बताइएको छ ।





