मङ्लबार, भदौ २८, २०८३
Breaking News

सानोठिमी बाल सुधार गृहमा झडप, स्थिति नियन्त्रणमा लिने प्रयास जारी

समाचार कक्ष शुक्रबार, माघ ८, २०८२

भक्तपुर | बिहिबार मध्यराति सानोठिमीस्थित बाल सुधार गृहमा बालबन्दिहरु बीच आपसी झडप भएको प्रहरीले जनाएको छ । दुई समूहका बालबन्दीबीचको विवाद राति करिब ११ बजेतिर चर्कंदै जाँदा आगो सल्काउने र तोडफोडको घटनामा परिणत भएको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरी र सशस्त्र प्रहरीले घटनास्थलमा पुग्दा केहि समय नियन्त्रणमा चुनौती देखियो। प्रहरीका अनुसार झडपमा केही बालबन्दी र सुरक्षा कर्मचारी घाइते भएका छन् । हालसम्म ८ जना घाइते भएको पुष्टि गरिएको छ।

भक्तपुर र काठमाडौँबाट घटना स्थलमा दमकल लागि आगो नियन्त्रणमा लिइएको थियो । तर सुधार गृहभित्रको अवस्था विहानीपख नियन्त्रणमा लिइएको छ । स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन अझै समय लाग्ने प्रहरी प्रमुख नवराज ढुङ्गानाले बताएका छन् ।

सुधार गृहमा हाल १६९ जना बालबन्दी रहेका छन्, जसमा पुरुष १४५ र महिला २४ रहेका छन्। प्रहरीका अनुसार झडपको कारण प्रारम्भिक रूपमा आन्तरिक मतभेद र केही व्यक्तिको उत्तेजित व्यवहार देखिएको छ।

प्रहरी र स्प्रथानीय शासनले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको बताइएको छ ।

सम्बन्धित खबर