काठमाडौँ , फाल्गुन २९ | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो ।
गठ्ठाघर स्थित छोरीको घरमा रहेका ओलीलाई हिजो साँझ अचानक स्वास्थ्य अवस्था असहज भएपछी अस्पताल लागि उपचार प्रारम्भ गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले सन्चार माध्यमलाई जानकारी दिएको छ । स्वर्गीय पिता मोहनप्रसाद ओलीको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्न अध्यक्ष ओली पत्नी राधिका शाक्यको साथमा अस्पताल पुगेका छन् । श्रद्धाञ्जली कार्यक्रम पश्चात आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
पशुपति आर्यघाट दाहसंस्कार स्थलमा हिन्दु धार्मिक परम्परा बमोजिम तयारी गरिएको छ । अहिले आर्यघाट क्षेत्रमा स्वर्गीय मोहनप्रसाद ओलीलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न शुभेक्षुकहरुको भिड बढ्दो छ ।





