मङ्लबार, भदौ २८, २०८३
Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसदहरुलाई संसद अभिमुखीकरण

समाचार कक्ष मङ्लबार, चैत्र १, २०८२

काठमाडौँ, चैत ३ | फाल्गुण २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दोहोरो जित हासिल गरेका रास्वपाका नव निर्वाचित सांसदहरूले मंगलबार ललितपुरस्थित रोयल टुलिप होटलमा संसद अभिमुखीकरण कार्यक्रम सुरु गरेका छन्।

कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले गरेका हुन्। सभापति रवि लामिछाने, उपसभापति, महामन्त्री कविन्द्र बुर्लाकोटी र अन्य प्रशिक्षकहरूले सांसदहरूलाई संसदको संरचना, विधेयक निर्माण, बजेट प्रक्रिया र जनताको आवाज उठाउने तरिकामा प्रशिक्षण दिनेछन्।

कार्यक्रममा सांसदहरूलाई समूहमा विभाजन गरी अन्तरक्रिया र व्यावहारिक अभ्यास गराइनेछ। पूर्व संसद सचिव सुरेश अधिकारी र विश्लेषक दोभान राई ले पनि अनुभवसहित संसद र नागरिक सम्बन्ध र प्रभावकारी सञ्चारबारे जानकारी दिनेछन्।

रास्वपाले यस अभिमुखीकरण कार्यक्रमलाई आगामी संसद सत्रमा सांसदहरूको प्रभावकारिता बढाउने अवसरका रूपमा लिएको छ। उद्घाटन कार्यक्रममा वरिष्ठ सदस्य बालेन्द्र शाह सहभागी नहुने बताइएको छ।

सम्बन्धित खबर