खोटाङ, चैत्र ४ | काठमाडौबाट पाँच यात्रु सहित खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी गएको एयर डाइनेष्टिको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ ।
हेलिकप्टर दुर्घटनाको दृश्य सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई उद्धृत गर्दै सन्चार माध्यमले उल्लेख गरेका छन् ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण प्रयास गर्नेक्रममा दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय एक जनालाई चोट लागेकोमा उनलाई एयर डाइनेष्टिको अर्को हेलिकप्टरले ऊद्धार गरी उपचारार्थ काठमाडौँ लागिएको छ । दुर्घटना ग्रस्त हेलिकप्टरका पाइलट र यात्रुहरु सबै सकुशल रहेको अध्यक्ष राईले बताएका छन् ।





