मङ्लबार, भदौ २८, २०८३
Breaking News

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

समाचार कक्ष शनिबार, चैत्र १२, २०८२

काठमाडौ, चैत्र १४ । आमनिर्वाचन पछि सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिमा ठूलो तरङ्ग ल्याउने घटनाक्रम सुरु भएको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक शनिबार बिहानै आ-आफ्नै निवासबाट परेका छन्।

शनिबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पूर्व प्रधानमन्त्री ओलीलाई र छुट्टै कटुन्जेबाट पूर्व गृहमन्त्री लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुवै जनालाई प्रारम्भिक रूपमा काठमाडौँको भद्रकालीस्थित प्रहरी परिसरमा पुर्याइएको थियो । तत् पश्चात स्वास्थ्य परिक्षणका लागि त्रि.वि. शिक्षण अस्पताल लागिएको छ ।

सरकारले यो कारबाही जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनासम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका आधारमा अघि बढाएको हो। उक्त आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा तत्कालीन नेतृत्वको भूमिकामाथि प्रश्न उठेपछि आयोगले फौजदारी अनुसन्धानको सिफारिस गरेको थियो।

गृहमन्त्री सुधन गुरुङले पक्राउपछि सार्वजनिक सन्देशमार्फत “कानुनभन्दा माथि कोही छैन, यो प्रतिशोध होइन न्यायको सुरुवात हो” भन्दै सरकारको कदमलाई कानुनी प्रक्रियाको हिस्सा भएको स्पष्ट पारेका छन्।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यस कदमलाई “राजनीतिक प्रतिशोध” भन्दै कडा विरोध जनाएको छ। पार्टी नेताहरूले तत्काल रिहाइको माग गर्दै कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। साथै, वरिष्ठ अधिवक्ताहरूले पक्राउ प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत जाने तयारी समेत गरेका छन्।

राजनीतिक दलहरूबीच धारणा विभाजित देखिएको छ। नेपाली कांग्रेसले पनि तत्काल प्रतिक्रिया नदिई घटनाको अध्ययनपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ।

यसैबीच, काठमाडौँ उपत्यकामा सुरक्षा सतर्कता बढाइएको छ। सम्भावित आन्दोलन र विरोधका कार्यक्रमलाई ध्यानमा राख्दै विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री जस्ता उच्च राजनीतिक नेतृत्वको पक्राउले नेपालको राजनीतिक परिदृश्यलाई नयाँ मोडमा पुर्‍याएको छ।

यसैबीच गृहमन्त्री मन्त्रि सुधन गुरुङ ललितपुर प्रहरी परिसर पुगेका छन् । जेन्जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुमा माथिको प्रहरीदमनका दोषी भनिएका तत्कालिन काठमाडौ प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाललाई समेत पक्राउको तयारी भैरहेको बताइएको छ ।

सम्बन्धित खबर