मङ्लबार, भदौ २८, २०८३
Breaking News

सभामुखमा डोल प्रसाद अर्याल सर्वसम्मत निर्वाचित

समाचार कक्ष आइतवार, चैत्र २०, २०८२

काठमाडौ, चैत २२ | प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोल प्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

सभामुख पदका लागि निर्धारित मनोनयन प्रक्रियामा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। अन्य कुनै उम्मेदवारी नपरेपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनलाई सर्वसम्मत निर्वाचित घोषित गरिएको हो।

अर्याललाई सभामुखमा प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेका थिए भने उक्त प्रस्तावलाई विभिन्न मन्त्रीहरूले समर्थन गरेका थिए।

सत्तापक्षको स्पष्ट बहुमतका कारण विपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएको बताइएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा सत्तारूढ दलको बलियो उपस्थितिले सर्वसम्मत निर्वाचन सहज बनेको हो।

संवैधानिक व्यवस्थाअनुसार सभामुख निर्वाचित भएपछि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मात्र उनले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्। साथै, अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ।

डोल प्रसाद अर्याल काठमाडौँ–९ बाट निर्वाचित सांसद हुन् र राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति समेत रहेका छन्।

सम्बन्धित खबर