मङ्लबार, भदौ २८, २०८३
Breaking News

रिहा भए ओली

समाचार कक्ष बिहिबार, चैत्र २४, २०८२

काठमाडौ, चैत्र २६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनपछि प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। प्रहरीले उनलाई उपचाररत अवस्थामै अस्पतालबाट परिवारको जिम्मा लगाएको जनाएको छ।

ओलीलाई ‘जेन–जेड आन्दोलन’ दमनसँग सम्बन्धित आरोपमा चैत १४ गते निवासबाट पक्राउ गरिएको थियो। पक्राउ लगत्तै स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको थियो । अस्पतालबाट नै उनको बयानसमेत लिइएको थियो।

यसबीच, सर्वोच्च अदालतले अनुसन्धानका लागि लामो समय हिरासतमा राख्नु आवश्यक नभएको भन्दै निश्चित मितिभित्र अनुसन्धान टुंग्याउन र नभए शर्तसहित रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशअनुसार प्रहरीले उनलाई रिहा गर्दै अस्पतालमै उनकी पत्नी र परिवारजनको जिम्मा लगाएको हो। प्रहरीका अनुसार ओलीको स्वास्थ्य अवस्था हेरेर आगामी निर्णय चिकित्सकको सल्लाहअनुसार हुनेछ।

यस घटनासँगै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि रिहा गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सम्बन्धित खबर