काठमाडौँ | नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। बिजुलीबजार–नयाँबानेश्वर सडकमा प्रदर्शन गरिरहेका शिक्षकलाई प्रहरीले रोक्न खोज्दा तनाव उत्पन्न भएको हो।
निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरीमाथि ढुंगामुढा समेत प्रहार भएको थियो। अवस्था तनावपूर्ण बनेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेर भिड तितरवितर पारेको छ। आन्दोलनमा घुसपैठ भएर झडप भएको सहभागी शिक्षकहरुले दाबी गरेका छन् । झडपमा केही शिक्षक घाइते भएका छन्।