काठमाडौ | चैत्र २० गते देखि राजधानी केन्द्रित सडक आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बन्धमा छलफलका लागि सरकार तथा शिक्षक महासंघका प्रतिनिधिहरु बीच अहिले सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ | शिक्षा मन्त्रि रघु जी पन्तको नेतृत्वमा सरकारले वार्ताको तयारी गरेको थियो | शिक्षक महासंघका प्रतिनिधिहरु आज दिनभर वार्ताका लागि आन्तरिक छलफलमा रहेको बताइएको थियो | हिजो अबेर सम्म सरकार र शिक्षकहरु बीच एक चरणको छलफल हुँदा वार्ता सहमति नजिक पुगेको बताएको थियो | आज वार्ता निष्कर्षमा पुग्ने अनुमान गरिएको छ |
Breaking News
सरकार र आन्दोलनरत शिक्षक महासंघ बीच वार्ता सुरु
भर्खरै प्रकाशित
- १ कर्फ्यु लगाउने राज्य होइन, संकट रोक्ने सरकार चाहिन्छ
- २ फिफा विश्वकप २०२६: उत्तर अमेरिकी आयोजक राष्ट्रहरूमा इतिहासकै ठूलो फुटबल महोत्सव सुरु हुँदै
- ३ गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली ‘कमब्याक’, विज्ञान तथा नवप्रवर्तनमा महावीर पुन
- ४ नेपाली सिनेमा र कान्स फेस्टिभल: विश्व मञ्चमा विस्तार यात्रा
- ५ डा. मनोजकुमार शर्मा नेपालको नयाँ प्रधानन्यायाधीश नियुक्त





