मङ्लबार, भदौ २८, २०८३
राजनीति

अष्ट्रेलियाको प्रधानमन्त्रीमा पुन एन्थोनी, लेबर पार्टी बहुमत सहित दोश्रो पटक सत्तामा

समाचार कक्ष आइतवार, बैशाख २०, २०८२

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज, तस्विर श्रोत: रोयटर्स

अष्ट्रेलिया | हालै सम्पन्न २०२५ संघीय निर्वाचनमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज नेतृत्वको लेबर पार्टीले ऐतिहासिक विजय हासिल गर्दै दोस्रो कार्यकालका लागि सत्तामा फर्किएको छ। लेबरले कम्तीमा ८५ सिट जितेको छ, जुन बहुमतका लागि आवश्यक ७६ सिटभन्दा धेरै हो, र अझै केही सिटहरूमा अग्रता कायम राखेको छ।

यो निर्वाचनमा विपक्षी लिबरल-नेशनल गठबन्धनले ठूलो पराजय भोगेको छ। विशेषगरी विपक्षी नेता पिटर डटनले आफ्नो डिक्सन सिट समेत गुमाएका छन्, जहाँ उनलाई लेबरकी उम्मेदवार अली फ्रान्सले पराजित गरेकी हुन्।

निर्वाचन परिणामले अष्ट्रेलियामा ट्रम्प शैलीको राजनीतिप्रति जनताको अस्वीकृति देखाएको छ। डटनको आप्रवासन, सार्वजनिक सेवा कटौती र विदेश नीति सम्बन्धी कडा धारणा मतदाताहरूलाई मन परेको देखिएन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस पराजयलाई ट्रम्प विरोधी लहरको संकेतका रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्री अल्बानीजले विजय भाषणमा एकता र सम्मानको भावना व्यक्त गर्दै सबै अष्ट्रेलियालीहरूलाई समेट्ने सरकार बनाउने प्रतिबद्धता जनाए। उनले नवीकरणीय ऊर्जा, आर्थिक सुधार र आदिवासी समुदायसँग मेलमिलापलाई आगामी कार्यकालका प्राथमिकताहरूमा राख्ने बताएका छन्।

अन्तर्राष्ट्रिय स्तरमा, भारत, फ्रान्स, क्यानडा, इन्डोनेसिया लगायतका देशका नेताहरूले अल्बानीजलाई बधाई दिँदै अष्ट्रेलियासँगको सहकार्यलाई अझ सुदृढ बनाउने आशा व्यक्त गरेका छन्।

यो निर्वाचन परिणामले अष्ट्रेलियाको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको छ, जसले लेबर पार्टीलाई आगामी वर्षहरूमा देशको भविष्य निर्माण गर्ने अवसर प्रदान गरेको छ।

सम्बन्धित खबर