लुक्लाका लागि उडेको समिट एयरको बिमानमा प्राविधिक समस्या, काठमाडौ फर्काएर सुरक्षित अवतरण
समाचार कक्ष सोमवार, जेष्ठ ४, २०८२
फाइल तस्विर: समिट एयर
समिट एयरको उडान नम्बर ३०१ ट्विनअटर विमानमा प्राविधिक समस्या देखिएपछि लुक्लाबाट काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
काठमाडौँबाट बिहान लुक्लाका लागि उडेको उक्त विमानमा सोलुखुम्बुको फाप्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन् । विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। फर्काइएको बिमान बिहान ७ बजेर २४ मिनेटमा काठमाडौँमा सुरक्षित अवतरण गरेको हो । यात्रुहरू सबै सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ।