पोखरा | नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। पोखरा सभागृहमा जारी संघको दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान प्रक्रिया अघि बढाइएको हो।
राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज राजीव पहारीका अनुसार मतदानका लागि ४२ वटा भोटिङ मेसिन प्रयोग गरिएको छ भने ९ वटा बुथ स्थापना गरिएको छ। उनले भने, “सर्वसम्मत नेतृत्व चयनका लागि धेरै प्रयास गर्यौं। सम्भव नभएपछि हामीले अत्यन्तै स्वच्छ र पारदर्शी ढंगले मतदान सुरु गरेका छौं।”
अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरीबीच प्रतिस्पर्धा
महाधिवेशनमा अध्यक्ष पदका लागि क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका छन्। दुबैले आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्।
पूर्व अध्यक्ष रहेका थेबे यसअघि महासचिवको भूमिकामा पनि रहेका थिए, भने पुरी उपाध्यक्ष र महासचिव हुँदै अहिले अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन्।
थेबे प्यानलका उम्मेदवारहरू:
- उपाध्यक्ष: महाराजा गुरुङ, विनय शाही
- महासचिव: महेश चौलागाई
- उपमहासचिव: उपेन्द्र शाही
- खुला सचिव: मदन भण्डारी, देवु बस्नेत
- महिला सचिव: निशा लिम्बु
- मधेशी सचिव: मोबिन आलम
पुरी प्यानलका उम्मेदवारहरू:
- उपाध्यक्ष: पर्वत भण्डारी, प्रकाश गौतम
- महासचिव: कुवेर अधिकारी
- उपमहासचिव: खेमराज शर्मा
- खुला सचिव: ध्रुव खड्का, अरुण कुँवर
- महिला सचिव: रेशु तामाङ
- मधेशी सचिव: चितरञ्जन यादव
१५१ सदस्यीय समिति चयनका लागि ४ सयभन्दा बढी उम्मेदवार
राष्ट्रिय युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रीय समिति चयनका लागि ४ सयभन्दा बढी उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। संघका इन्चार्ज राजीव पहारीका अनुसार देशभरका पालिका, जिल्ला, प्रदेश र केन्द्रबाट आएका १,९३९ जना प्रतिनिधिहरू महाधिवेशनमा सहभागी छन्।
महाधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनको निर्देशन दिएका थिए। तर सहमति नजुटेपछि मतदानको बाटो रोजिएको हो।
अब केही घण्टाभित्र राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व घोषणा हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, दुई प्यानलबीच कडा प्रतिस्पर्धा
पोखरा | नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। पोखरा सभागृहमा जारी संघको दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान प्रक्रिया अघि बढाइएको हो।