मङ्लबार, भदौ २८, २०८३
Breaking News

आन्दोलनको समाचार संकलनका क्रममा प्राइम टेलिभिजनकी पत्रकार घाइते

समाचार कक्ष आइतवार, बैशाख १३, २०८२

प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की आन्दोलन स्थलबाट समाचार सम्प्रेषणको गर्दै

काठमाडौँ | नयाँबानेश्वरमा शिक्षक आन्दोलनको समाचार संकलनका क्रममा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी छन्।

आइतबार भएको शिक्षक र प्रहरीबीचको झडपमा प्रहरीले हानेको पानीको फोहोरा लाग्दा कार्कीको आँखामा चोट लागेको हो। उनलाई सुरुमा सिभिल अस्पताल लगिएको र पछि ट्रमा सेन्टर हुँदै तिलगंगा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका प्रसारण निर्देशक राजु भण्डारीले जानकारी दिएका छन् । शिक्षक आन्दोलनको २६ औं दिनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो, जहाँ प्रहरीले बल प्रयोग गरेको र शिक्षक महासंघले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ।

सम्बन्धित खबर