मङ्लबार, भदौ २८, २०८३
शिक्षा

आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु, ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी

समाचार कक्ष आइतवार, बैशाख २०, २०८२

सांकेतिक तस्विर: १२ का विद्यार्थी परिक्षामा सहभागी हुँदै

काठमाडौँ | आज वैशाख २१ गते बिहान ८ः०० बजेदेखि देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ र जेठ २ गतेसम्म जारी रहनेछ।

राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै सबै परीक्षार्थीलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गर्नुभएको छ। देशभर १,५९० परीक्षा केन्द्र र जापानमा एक गरी कुल १,५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी १६२ परीक्षा केन्द्र काठमाडौँमा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक केन्द्र छन्।

परीक्षाका लागि ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी छन्, जसमध्ये नियमिततर्फ करिब ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार परीक्षार्थी रहेका छन्। काठमाडौँबाट सबैभन्दा धेरै ६८ हजार १३३ परीक्षार्थी सहभागी छन् भने मनाङबाट सबैभन्दा कम ४५ जना।

अपाङ्गता भएका, कारागार र सुधारगृहमा रहेका परीक्षार्थीहरूका लागि विशेष व्यवस्था गरिएको छ। परीक्षा केन्द्रमा मोबाइल फोन, स्मार्ट घडी, वा अन्य इलेक्ट्रोनिक उपकरण लैजान निषेध गरिएको छ। परीक्षा मर्यादा उल्लङ्घन गर्नेहरूमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाही गरिनेछ। आज पहिलो दिन अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, र उर्दू व्याकरण विषयको परीक्षा हुँदैछ।

सम्बन्धित खबर