मङ्लबार, भदौ २८, २०८३
Breaking News

गभर्नरमा विश्व पौडेल सिफारिस गर्ने सत्तारुढ नेतृत्वको सहमति

समाचार कक्ष सोमवार, बैशाख २८, २०८२

अर्थशास्त्री विश्व पौडेल, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष

काठमाडौँ | नेपाल राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति प्रक्रिया यतिबेला एक महत्वपूर्ण मोडमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिका लागि गरिएको समझदारीमा नयाँ नाम अघि बढेको छ। यसअघि कांग्रेसले डा. गुणाकर भट्टलाई गभर्नर बनाउन प्रस्ताव गरेको थियो, तर प्रधानमन्त्री ओलीको असहमतिपछि वैकल्पिक उम्मेदवारको खोजी सुरु भएको थियो।

अन्ततः प्रा. डा. विश्व पौडेलको नाम गभर्नरका लागि अघि सारिएको छ। यस अघि डा. पौडेल गभर्नर बन्न इच्छुक थिएनन्, तर कांग्रेस-एमालेबीचको असहमतिका कारण अब उनले यो जिम्मेवारी स्वीकार गर्न तयार भएका छन्। डा. पौडेल, जो अर्थशास्त्री र पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन्, काँग्रेसका सिफारिसमा गभर्नर बन्ने सम्भावनामा छन्।

यसअघि डा. भट्ट र कामु गभर्नर डा. निलम तिम्सिना ढुंगानाका नामहरू चर्चामा आए पनि पार्टीहरूबीचको सहमति नपाउँदा पौडेलको नाम अघि सारिएको हो। पौडेलको नाममा कांग्रेस र एमालेबीच सहमति बन्नसक्दा अब उनले राष्ट्र बैंकको नेतृत्व सम्हाल्ने सम्भावना बलियो बनेको छ।

गभर्नर नियुक्तिका लागि आवश्यक प्रक्रिया पूरा गरेर, अब नेपाल सरकार नयाँ गभर्नरको नियुक्ति गर्ने तयारीमा छ।

सम्बन्धित खबर