मङ्लबार, भदौ २८, २०८३
Breaking News

आईपीएलको नयाँ समय तालिका सार्वजनिक, खेल पुन: सुचारु गरिने

समाचार कक्ष मङ्लबार, बैशाख २९, २०८२

आइपीएलको नयाँ खेल समयतालिका

काठमाडौँ | भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) १७ मे (जेठ ३) देखि पुनः सुरु हुने भएको छ। फाइनल खेल ३ जुन (जेठ २०) मा हुनेछ।

गत बिहीबार धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल पाकिस्तानबाट आक्रमणको आशङ्कामा स्थगित गरिएको थियो। बीसीसीआईले बाँकी १७ खेलको नयाँ तालिका सार्वजनिक गरेको छ। खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुनेछन्। जयपुर पहिलोपटक समावेश गरिएको हो। प्लेअफ खेल स्थल पछि तय गरिनेछ। आइतबार डबल–हेडर खेल हुनेछन्।

बीसीसीआईले सरकार र सुरक्षा निकायसँग छलफलपछि खेल पुनः सुरु गर्ने निर्णय गरेको जनाएको छ।

सम्बन्धित खबर