मङ्लबार, भदौ २८, २०८३
Breaking News

डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त, अर्थतन्त्रमा सुधारको अपेक्षा

समाचार कक्ष बुधबार, जेष्ठ ६, २०८२

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल

काठमाडौं | नेपाल राष्ट्र बैंकको १८औं गभर्नरको रूपमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

डा. पौडेल एक अनुभवी अर्थशास्त्री हुन्। उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा समेत सेवा गरिसकेका छन्। चीनको शाङ्घाईबाट इन्जिनियरिङ अध्ययन गरेका पौडेलले अमेरिका स्थित क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा स्नातकोत्तर र पीएचडी उपाधि हासिल गरेका हुन्। उनी नेपाली कांग्रेस निकटका रुपमा चिनिन्छन्।

उनको नियुक्तिसँगै नेपालको अर्थतन्त्रमा सुधारको अपेक्षा गरिएको छ। हाल मुलुक उच्च व्यापार घाटा, मध्यम मुद्रास्फीति र वैदेशिक लगानीको न्यून प्रवाह जस्ता चुनौतीहरूसँग जुधिरहेको छ। यस्तो अवस्थामा डा. पौडेलको नेतृत्वमा मौद्रिक नीति सुदृढ गर्ने, वैदेशिक मुद्रा सञ्चिति मजबुत बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने काममा नयाँ ऊर्जा आउने आशा गरिएको छ।

गभर्नर नियुक्तिमा सत्तारूढ गठबन्धनका दलहरूबीच लामो समयदेखि तानातान चल्दै आएको थियो। अन्ततः सहमति अनुसार कांग्रेसले पौडेललाई अगाडि सारेको हो।

डा. पौडेलको नियुक्तिले राष्ट्र बैंकको नीति निर्माणमा स्थायित्व ल्याउने र आर्थिक सुधारको बाटो खोल्ने विश्वास व्यक्त गरिएको छ। आगामी मौद्रिक नीतिमा उनले प्रस्तुत गर्ने दृष्टिकोणले राष्ट्र बैंकको भूमिका कति प्रभावकारी हुन्छ भन्ने आँकलन हुने विज्ञहरूको भनाइ छ।

सम्बन्धित खबर