मङ्लबार, भदौ २८, २०८३
Breaking News

विषालु च्याउ खाँदा इलामका तीन जनाको मृत्यु

समाचार कक्ष आइतवार, जेष्ठ १०, २०८२

एक किसिमको जंगली विषाक्त च्याउ

झापा । अघिल्लो साता इलाम जिल्लाको माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावती चिया बगानमा उम्रिएको च्याउ खाँदा एक्कासी बिरामी भएका थिए । उनीहरुलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल, तथा मोरङको बिराटनगर स्थित बिराट नर्सिग अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। मनीषा र नुमाको उपचार मोरङको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा हुँदै थियो भने अमरको बीएन्डसी अस्पतालमा उपचार हुँदै थियो । विषाक्त च्याउको गम्भीर असरका कारण तीनै जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारीहरुलाई उधृत गर्दै राससद्वारा प्रेसित समाचारमा उल्लेख छ ।

नेपालमा बर्षेनी विषाक्त जंगली च्याउ सेवन गरेकाहरुको आकस्मिक उपचार सम्भब नहुँदा ज्यान जाने गरेको छ । विषाक्त जंगली च्याउ नखान बारम्बार जनचेतनाको प्रयास गरिएपनि यसको जोखिम घटेको देखिंदैन ।

सम्बन्धित खबर