मङ्लबार, भदौ २८, २०८३
Breaking News

संखुवासभामा सशस्त्र प्रहरीका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ दम्पतीको शालिक अनावरण

समाचार कक्ष मङ्लबार, जेष्ठ १२, २०८२

अनावरण गरिएको स्व. श्रेष्ठ दम्पतिको शालिक, तस्विर: जनआस्था

संखुवासभा | सशस्त्र प्रहरी बल, नेपालका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी स्व. नुडुप श्रेष्ठको अर्धकद शालिक आज चैनपुरमा अनावरण गरिएको छ। सशस्त्र प्रहरी बल र चैनपुर नगरपालिकाको संयुक्त प्रयासमा निर्माण गरिएको शालिक सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक विशेष समारोहका बीच अनावरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले श्रेष्ठको नेतृत्व, सपना र योगदानको उच्च प्रशंसा गर्दै संगठनले उनी देखाएको बाटो पछ्याउँदै सरकारको जिम्मेवारी इमानदारीका साथ निभाइरहेको बताए।

समारोहमा नगर प्रमुख कृष्णकुमार तामाङ, उपमेयर एलिना श्रेष्ठ, पूर्व महानिरीक्षक दुर्जकुमार राई, नेपाल पूर्व सशस्त्र प्रहरी संघ अध्यक्ष नारायणबाबु थापा लगायतको उपस्थिति थियो। संचालन गोविन्दमान तामाङले गरेका थिए।

श्रेष्ठको जन्मघर, पढाएको विद्यालय लगायत स्थानहरूको अवलोकन गर्दै महानिरीक्षक अर्यालले श्रेष्ठका आफन्तसँग पनि भेटघाट गरे।

२०५९ माघ ११ गते मर्निङ वाकका क्रममा ललितपुर, एकान्तकुनामा तत्कालिन युद्धरत माओवादी लडाकुहरूले श्रेष्ठ दम्पतीको गोली हानी हत्या गरेका थिए। उक्त घटनापछि केही समयका लागि युद्धविराम भएको थियो।

सम्बन्धित खबर