मङ्लबार, भदौ २८, २०८३
Breaking News

टेलिकम बाजुराका प्रमुख सहितको टोलि जीप दुर्घटनामा, तीन जनाको घटना स्थलमै निधन

समाचार कक्ष मङ्लबार, जेष्ठ १२, २०८२

बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा नेपाल टेलिकम दुर सन्चार प्राधिकरणको बाजुरा प्रमुख सहित टावर मर्मतका लागि सवार कर्मचारीहरु चढेको जीप दुर्घटना हुदाँ प्रमुख लोक बहादुर विष्ट सहित तीन जनाको घटना स्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।साथै ज्यान गुमाउनेहरुमा जीप चालक कर्ण महत र बडीमालिका नगरपालिका–७ ढम्कनेका रबी धामी छन् ।

उक्त दुर्घटनामा घाइते दुइजना बुढीनन्दा नगरपालिका २ का अन्दाजी २५ वर्षीय नन्दबहादुर तिरुवा र २२ वर्षीय लोकेन्द्र तिरुवालाई उद्धार गरी कोल्टी आधारभूत अस्पताल लागिएको छ । घाइतेहरु दुवै जनाको अवस्था मध्यम रहेको बताइएको छ । नेपाल टेलिकम अन्तर्गत दुरसञ्चार प्राधिकरणको टोली सवार बा ५ च २२०९ नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर