मङ्लबार, भदौ २८, २०८३
Breaking News

नेपाल टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार : अख्तियारद्वारा १८ जनाविरुद्ध मुद्दा दायर

समाचार कक्ष आइतवार, जेष्ठ २४, २०८२

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं, २०७८ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत–सम्भार ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै टेलिकमका वर्तमान र पूर्व उच्च अधिकारीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आरोप अनुसार, ३३ करोड ४८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ।

मुद्दामा वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र चिनियाँ कम्पनी एसिया इन्फोसहित ठेकेदारहरू संलग्न छन्। पुस २०७९ मा टेलिकमको सञ्चालक समितिले एसिया इन्फोसँग वार्षिक ६५ करोड रुपैयाँका दरले पाँच वर्षका लागि मर्मत सम्झौता गरेको थियो, जसबाट कम्पनीलाई ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी हुने थियो। प्रतिस्पर्धाविना गरिएको यो सम्झौताको विरुद्ध उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो।

टेलिकमले सन् २०१२ देखि प्रयोग गर्दै आएको बिलिङ प्रणाली एक दशकदेखि नबदलिएपछि नियमित सेवा अवरुद्ध हुने समस्या देखिएको थियो। यद्यपि नयाँ प्रणाली ल्याउनुपर्ने आवश्यकतालाई बेवास्ता गर्दै पुरानै ठेकेदारलाई निरन्तरता दिने निर्णय गरिएको थियो।

सम्बन्धित फाइल सञ्चालक समितिबाट मात्र अनुमोदन गरिएको र ६० करोड रुपैयाँभन्दा माथिको खरिदमा उच्च तहको स्वीकृति आवश्यक हुँदाहुँदै प्रक्रिया पूरा नगरिएको बताइएको छ। गत वर्ष मन्त्रालयको समितिले एसिया इन्फोको प्राविधिक कमजोरीले सेवा अवरुद्ध भएको भन्दै उसैलाई थप ठेक्का दिइनु आपत्तिजनक भएको ठहर गरेको थियो।

यो प्रकरणले सरकारी संस्थामा पारदर्शिता, उत्तरदायित्व र सार्वजनिक सेवा प्रवाहमा गम्भीर प्रश्न खडा गराएको छ।

सम्बन्धित खबर