मङ्लबार, भदौ २८, २०८३
Breaking News

त्रिवि शिक्षण अस्पतालमा वैद्यको उपचार जारी

समाचार कक्ष सोमवार, जेष्ठ २५, २०८२

काठमाडौँ | वरिष्ठ बामपन्थी नेता एवं क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महसचिव मोहन वैद्य “किरण” को त्रिवी शिक्षण अस्पताल,महाराजगन्जमा गत जेष्ठ १५ गते देखि उपचार भैरहेको छ ।

विगत केहि महिना देखि दम र छाती रोग संक्रमणका कारण विरामी पर्नुभएका वैद्य पछिल्लो ६ महिना यता राजनीतिक कार्यक्रमहरुमा सहभागी हुनुभएको छैन । राजनीति, साहित्य र लेखनमा निरन्तर सक्रिय नेता वैद्यको उपचारका लागि परिवारका सदस्यहरु तथा पार्टीका निकट ब्यक्तिहरु जुटिरहेको पारिवारिक श्रोतले जनाएको छ । केहि महिना यता संक्रमणकै कारण अस्पताल आउजाउ गरिरहनु परेको तर पछिल्लो समय अस्पतालमा नै रहेर चिकित्षकको विशेष निगरानीमा उपचार गर्नुपर्ने अवस्थाका कारण भर्ना गरिएको बताइएको छ ।

यसैबीच, अस्पतालले एक विज्ञप्ति जारी गरी नेता बैद्यको उपचारको पछिल्लो अवस्थाबारे जानकारी उपलब्ध गराएको छ । प्रकाशित विज्ञप्ति अनुसार उहाँलाई हाल पल्मोनोल्जी तथा क्रिटिकल केयर युनिटमा राखेर उपचार गरिंदैछ ।

सम्बन्धित खबर