मङ्लबार, भदौ २८, २०८३
Breaking News

टिकटक स्टार खाबी लामे अमेरिकाबाट स्वनिष्कासनमा

समाचार कक्ष मङ्लबार, जेष्ठ २६, २०८२

खाबी लामे स्व निष्काशनमा : अमेरिकी प्रशासनको कडा आप्रवासन नीति

अमेरिका। विश्वका सबैभन्दा धेरै टिकटक फलोअर्स भएका सामाजिक सञ्जाल स्टार खाबी लामे (Khaby Lame) अमेरिकी आप्रवासन विभाग (ICE) को नियन्त्रणमा परेका छन्। उनी २०२५ जुन ६ मा लस भेगसको ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थल मा पक्राउ परेका थिए। लामेले अमेरिका प्रवेशका लागि प्रयोग गरिएको बी वन/बी टु भ्रमण भिसाको म्याद सकिँदासमेत देश नछाडेको आरोप लागेको छ।

के भएको थियो?

अप्रिल ३० मा अमेरिका प्रवेश गरेका खाबी लामेले ६० दिनको भिसा अवधि समाप्त भएपछि पनि अमेरिका छाडेका थिएनन् । अमेरिकी आप्रवासन विभाग का अनुसार, उनले स्वेच्छिक रूपमा देश छोड्ने सहमति दिएपछि उनलाई जबरजस्ती निष्कासन नगरी स्व निष्कासनको अनुमति दिई इटाली फर्काइएको हो।

खाबी लामे को हुन्?

खाबी लामे TikTok मा १६० मिलियनभन्दा बढी फलोअर्स सहित सबैभन्दा धेरै अनुसरण गरिएका व्यक्ति हुन्। उनी “मौन प्रतिक्रिया” (silent reaction) भिडियोहरूका लागि प्रसिद्ध छन्, जहाँ उनले जटिल जीवनशैली ट्रिकहरूलाई सरल व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्छन्। उनी हालैकोमेट गाला २०२५ मा समेत सहभागी भएका थिए, जहाँ उनले ‘ब्ल्याक ड्यान्डिज्म’ को सम्मानमा ग्रे सूट लगाएका थिए। खाबी लामे युनिसेफ, बोस र बिनान्स जस्ता अन्तर्राष्ट्रिय संस्थाका ब्रान्ड एम्बेसडर समेत हुन्।

कडा आप्रवासन नीतिमा अमेरिकी प्रशासन

खाबी लामेको गिरफ्तारीको खबर त्यतिबेला सार्वजनिक भयो जब अमेरिका विशेष गरी क्यालिफोर्निया राज्यमा ICE को कारबाही र राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गार्ड परिचालनको विरोधमा चर्को प्रदर्शन भइरहेको थियो। विशेषज्ञहरूले यो घटनालाई “प्रसिद्ध व्यक्तिहरू पनि आप्रवासन नियम उल्लंघनबाट अछुतो रहँदैनन्” भन्ने दृष्टिकोणबाट हेरेका छन्। खाबी लामेको गिरफ्तारीले देखाएको छ कि सामाजिक सञ्जालमा विश्वव्यापी ख्याति भए पनि कानुनी प्रक्रिया सबैका लागि समान हुन्छ।
यस घटनाले आप्रवासन नीतिप्रति अमेरिकाको कठोरतासँगै सार्वजनिक चासो समेत बढाएको छ।

सम्बन्धित खबर