मङ्लबार, भदौ २८, २०८३
Breaking News

ठेक्का प्रकरणमा कामपा पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनामाथि भ्रष्टाचारको मुद्दा

समाचार कक्ष बिहिबार, जेष्ठ २८, २०८२

काठमाडौं | सामाखुसी करिडोरको ढल निर्माणको ठेक्का दिने क्रममा अनियमितता भएको भन्दै काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का प्रक्रियामा गम्भीर गल्ती भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। हाल प्रदीप परियार सूचना तथा प्रसारण विभागका महानिर्देशक छन्।

उनीसँगै बोलपत्र मूल्यांकन समितिका सदस्यहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालमाथि पनि मुद्दा दायर गरिएको छ।

ठेक्कामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख रुपैयाँभन्दा बढीमा काम गर्न प्रस्ताव गरेको थियो। तर, कल्पवृक्ष कोहिनूर जेभीले भने २२ करोड ४० लाख रुपैयाँभन्दा बढीमा काम गर्ने प्रस्ताव ल्याएको थियो। सस्तोमा काम गर्न चाहने कम्पनीलाई नदिई महँगो प्रस्ताव ल्याउने कम्पनीलाई ठेक्का दिइएको आरोपमा उजुरी परेको थियो।

छानबिनपछि अख्तियारले चार करोड ३१ लाख रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको भन्दै उनीहरूमाथि भ्रष्टाचार मुद्दा चलाएको हो।

सम्बन्धित खबर