काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयन गर्न आज मतदान प्रक्रिया सुरु भएको छ।
अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा छन्। सहमतिको प्रयास विफल भएपछि निर्वाचन गर्न लागिएको हो। यसअघि सर्वसम्मत नेतृत्व चयनका लागि तीनपटक निर्वाचन तालिका नै परिमार्जन गरिएको थियो।
निर्वाचनका लागि ४५ वटा विद्युतीय मेसिन (भोटिङ मेसिन) प्रयोगमा ल्याइएको छ। निर्वाचन समितिका अनुसार १,५०० भन्दा बढी प्रतिनिधिहरूले मतदान गरेर नयाँ कार्यसमिति चयन गर्नेछन्।
उम्मेदवारहरूको विवरण:
- खुला उपाध्यक्ष: विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, गणेशबहादुर शाही
- महिला उपाध्यक्ष: सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं, आरती भट्टराई
- महासचिव: आरके रोमश, दीपक धामी, सुनिल कँडेल
- उपमहासचिव: अमर बहादुर शाही, कमल जोशी, प्रेमिका शाही
- सचिव: रक्षा बम, रोहित बम, मनोज राई, अनुप लामिछाने, स्मृती बराल, रेखा न्यौपाने, मदन भण्डारी, आकाश अधिकारी
हिजो साँझ उम्मेदवारी दर्ता भएको थियो भने आज बिहानमात्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ। मतदान भने केही ढिलो गरी सुरु गरिएको हो।





