मङ्लबार, भदौ २८, २०८३
Breaking News

लिभरपुल र पोर्चुगलका स्टार फुटबलर डायगो जोटाको कार दुर्घटनामा निधन

समाचार कक्ष बिहिबार, असार १७, २०८२

पोर्चुगल | पोर्चुगलका राष्ट्रिय टोली तथा इंग्लिस क्लब लिभरपुलका स्टार फुटबलर डायगो जोटाको कार दुर्घटनामा निधन भएको छ। स्पेनको जामोरा प्रान्तमा बुधबार राति भएको उक्त दुर्घटनामा जोटासँगै उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको पुष्टि गरिएको छ।

स्पेनको A-52 राजमार्गमा जोटा सवार ल्याम्बोर्गिनी कार राति करिब १२:३० बजे दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक रिपोर्टअनुसार कारको टायर फुटेपछि सन्तुलन गुमाएर सडकबाट तल खसेर आगलागी भएको थियो। घटनास्थलमै दुवै जनाको मृत्यु भएको स्पेनी सिभिल गार्डले जानकारी दिएको छ।

हालै मात्र विवाह, तीन सन्तानका पिता थिए जोटा

२८ वर्षीय जोटाले केही हप्ता अघि (जुन २२) आफ्नी दीर्घकालीन प्रेमिका रुते कार्डोसोसँग विवाह गरेका थिए। उनीहरुका तीन जना सन्तान छन्।

फुटबल जगत स्तब्ध

घटनापछि फुटबल जगतमा शोकको लहर फैलिएको छ। लिभरपुल क्लबले आधिकारिक शोक विज्ञप्ति जारी गर्दै “गहिरो दुःख र पीडा” व्यक्त गरेको छ। पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेद्रो प्रोएन्साले भने, “हामीले दुई प्रतिभाशाली खेलाडी मात्र होइन, राष्ट्रिय गौरव गुमाएका छौं।” लिभरपुलका पूर्वखेलाडी जेमी क्याराघर, ग्यारी नेभिल, र जोटाका पूर्वक्लबहरू वुल्भ्स तथा पोर्टोले समेत श्रद्धाञ्जली अर्पण गरेका छन्।

सफलता र योगदान

डायगो जोटाले लिभरपुलका लागि ६५ गोल गरेका थिए र पोर्चुगलका लागि ४९ खेल खेल्दै १४ गोल गरेका थिए। उनले दुईपटक यूईएफए नेशन्स लिगको उपाधि पोर्चुगललाई जिताएका थिए। उनी लिभरपुलको एफए कप, लीग कप, र प्रिमियर लिग उपाधिका मुख्य सदस्य थिए।

पोर्चुगलको महिला युरोकप खेलअघि एक मिनेट मौन धारण गरिने जनाइएको छ। यसैबीच लिभरपुल र पोर्चुगलले जो टा र उनका परिवारको सम्झनामा विशेष कार्यक्रम गर्ने तयारी गरेका छन्।

सम्बन्धित खबर