मङ्लबार, भदौ २८, २०८३
Breaking News

विपिन पर्खिरहेको नेपाल: इजराइल-हमास युद्धविराम र बन्दी रिहाइको बीच अनिश्चितता

समाचार कक्ष मङ्लबार, साउन २६, २०८२

काठमाडौं । इजराइल र प्यालेस्टिनी लडाकु समूह हमासबीच भएको पछिल्लो युद्धविराम सम्झौता र युद्धबन्दी आदानप्रदानका घटनाक्रमहरूले गाजा युद्ध अन्त्य हुने आशा जगाएको छ। तर, यस द्वन्द्वमा हमासको कब्जामा रहेका एक मात्र नेपाली नागरिक विपिन जोशीको रिहाइको सन्दर्भमा भने अझै अनिश्चितता र आशा दुबै कायम छ।

इजराइल र हमासबीच अमेरिका, कतार र इजिप्टको पहलमा भएको पछिल्लो युद्धविराम सम्झौता लागू भएको छ। यो सम्झौताले दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको मानिएको छ। सम्झौताको पहिलो चरणअनुसार हमासले आफ्ना कब्जामा रहेका २० जीवित बन्दी लाई सोमबारभित्र रिहा गर्ने भएको छ । यसको बदलामा इजराइलले ठूलो संख्यामा प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने तयारी गरेको छ। हमासको नियन्त्रणमा रहेका कुल ४८ बन्दी मध्ये जीवित र मृतको संख्या समावेश छ।

विपिन जोशीको अवस्था

सोमबारभित्र रिहा गरिने भनिएका २० जीवित बन्दीको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश छैन। नेपालको कञ्चनपुरका स्थायी बासिन्दा जोशीलाई अक्टोबर ७, २०२३ मा इजराइलको किबुत्ज अलुमिमबाट हमासले अपहरण गरी गाजा लगेको थियो। उनी त्यहाँ कृषि अध्ययन कार्यक्रममा थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले हमासको कब्जामा रहेका बाँकी दुई जनाको अवस्था अज्ञात रहेको र ती मध्ये विपिन पनि हुन सक्ने अनुमान गरेका छन्। नेपाल सरकारले विपिनको रिहाइका लागि लगातार पहल गरिरहेको छ।

नेपालको अपिल: नेपाल कुनै पनि पक्षधरतामा नरहेको र सधैँ शान्तिको वकालत गर्ने राष्ट्र भएकाले एक निर्दोष नेपाली विद्यार्थीलाई बन्धक बनाइनु नहुने अडान नेपाल सरकार र सरोकारवाला निकायले राख्दै आएका छन्। विपिन जोशीको परिवार र सिंगो नेपाल सरकारले उहाँको सुरक्षित रिहाइका लागि जारी युद्धविराम र बन्दी आदानप्रदानलाई अवसरको रूपमा हेर्दै हरसम्भव पहल गरिरहेको छ।

विपिन सकुशल रिहा हुनसक्ने इजरायलको दाबी, पर्खाइमा नेपाल

वासिङ्गटन पोस्टद्वारा समाचार संस्था एपीको सहयोगमा प्रकाशित समाचार अनुसार, हमासद्वारा बन्धक बनाइएका २२ जना बन्धक जीवित छन् भन्ने विश्वास इजरायलमा रहेको छ। यसमा नेपाली नागरिक विपिन जोशी पनि समावेश छन्। समाचारमा यी २२ बन्दीहरूको संक्षिप्त परिचय पनि दिइएको छ। पछिल्लो समाचारले विपिनको पर्खाइमा रहेको सम्पूर्ण नेपालीहरुमा थप आशा पलाएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गरेको थियो, जसमा सयौंको मृत्यु र २५१ जनाको अपहरण भएको थियो।

सम्बन्धित खबर