मङ्लबार, भदौ २८, २०८३
Breaking News

अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी पुगे आयोगको कार्यालय

समाचार कक्ष मङ्लबार, अशोज १९, २०८२

काठमाडौ । जेनजी समूहका विभिन्न समूहको सहभागितामा बनेको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई को राजीनामा माग गर्दै निवेदन पेश गरेका छन् । समूहले आज टंगालस्थित अख्तियार मुख्यालयमा उपस्थित भएर लिखित रूपमा पत्र दर्ता गराएको हो। जेनजी समूहले अख्तियार मुख्यालयमा निवेदन दर्ता गर्ने क्रममा प्रदर्शन समेत हुनसक्ने आंकलन गर्दै सुरक्षा सतर्कता उच्च बनाइएको छ । अख्तियार आयोगको कार्यालय वरिपरी ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

यसअघि हिजो मात्रै अलायन्सले प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो। तर आज उनीहरूले भौतिक रूपमा आयोगमा पुगेर सो माग औपचारिक रूपमा पेश गरेका हुन्।

समूहका नेता **रिजन राना (आदित्य)**का अनुसार, “हामीले आज प्रत्यक्ष उपस्थित भई पत्र दर्ता गरेका छौं। यदि अब पनि राजीनामा नआए, अन्य संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ,” उनले भने।

यसअघि सार्वजनिक गरिएको विज्ञप्तिमा जेनजी मुभमेन्ट अलायन्सले अख्तियारका प्रमुख र आयुक्तहरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएको आरोप लगाएको थियो। सोही कारणले आयोगले विश्वसनीयता गुमाएको दाबी समूहले गरेको छ।

सम्बन्धित खबर