मङ्लबार, भदौ २८, २०८३
Breaking News

माइक्रोबस दुर्घटनामा ७ जनाको निधन

समाचार कक्ष आइतवार, फाल्गुन २९, २०८२

गोरखा, फाल्गुण ३०| गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा शनिबार साँझ गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। मनकामनाबाट दर्शनार्थी बोकेर आँबुखैरेनीतर्फ आउँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको इभि माइक्रोबस करिब ७:५५ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।

सशस्त्र प्रहरी बलका डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार उक्त माइक्रोबसमा चालकसहित १४ जना सवार थिए। तीमध्ये ५ पुरुष र २ महिलासहित ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनीतर्फ पठाइएको छ। माइक्रोबसमा चालक र सहचालक बाहेक सबै भारतीय यात्रुहरू रहेको बताइएको छ।

सम्बन्धित खबर