दुबई , चैत्र २ | दुबई अन्तराष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण गर्ने ट्यांकीमा ड्रोन आक्रमण भएको छ । आक्रमणका कारण आगलागी भएपछि केही उडानहरूलाई अन्यत्र मोडिएको छ।
दुबई विमानस्थलले उक्त घटनापछि केही विमानहरूलाई अल मोक्तुम अन्तराष्ट्रिय विमानस्थल तर्फ डाइभर्ट गरिएको जानकारी दिएको छ। यसअघि दुबई नागरिक उड्डयन प्राधिकरणले विश्वकै अत्यन्त व्यस्त विमानस्थलमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सावधानीका रूपमा अस्थायी रूपमा उडानहरू स्थगित गरिएको घोषणा गरेको थियो।
दुबईका सन्चार गृहका अनुसार ड्रोन आक्रमणपछि इन्धन ट्यांकीमा आगलागी भएको थियो। यद्यपि अहिले उक्त आगो नियन्त्रणमा आइसकेको जनाइएको छ।
अधिकारीहरूले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन्।





