प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रुपमा लिई पदबाट राजीनामा दिएँ : गृहमन्त्रि
समाचार कक्ष बुधबार, बैशाख ७, २०८३
काठमाडौ , बैशाख ९ | गृहमन्त्री सुधन गुरुङले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएको सामाजिक सन्जाल मार्फत उल्लेख गरेका छन् |
मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएकोमा पछिल्ला दिनहरूमा नागरिक स्तरबाट शेयर लगानी लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिइ राजीनामा दिएको उनको भनाइ छ ।
गुरुङले भनेका छन् ” मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदीय कारणले छानबिनमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”